कांग्रेस महाधिवेशन सार्ने तयारी, मंगलबार निर्णय हुँदै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशन केही दिन सार्ने तयारी गरेको छ ।

अविरल वर्षाका कारण सिर्जित विपद्का कारण केही जिल्लामा अधिवेशन अझै सम्पन्न हुन नसकेकाले केन्द्रीय महाधिवेशन केही दिन सर्न सक्ने कांग्रेस उपसभापति पुष्पा भुसालले बताइन् ।

‘भोलि बैठक बोलाइएको छ । यही विषयमा निर्णय हुन सक्छ । जिल्ला अधिवेशनहरू पनि बाँकी रहेकाले केन्द्रीय महाधिवेशन केही दिन पर सर्न सक्छ,’ उनले भनिन् ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तय भएको थियो । महाधिवेशन कति दिन सार्ने भन्ने विषयमा निर्णय गर्न मंगलबार बिहान बैठक बोलाइएको छ ।

महाधिवेशन तीन दिनदेखि एक सातासम्म सार्न सकिने कांग्रेस नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार