
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिअनुसार, नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संसद्को चालु अधिवेशन अन्त्य गर्नुभएको हो।
राष्ट्रपति कार्यालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन २०८३ असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित