
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा २४ बैठकमा अनुपस्थित भएको भन्दै बिरामी बिदा स्वीकृत गराएका छन्।
चालू अधिवेशनको अन्तिम दिन शुक्रबार सभामुख डीपी अर्यालले लामो समय बैठकमा अनुपस्थित सांसदहरूले दिएको बिदाको निवेदन स्वीकृतिका लागि संसदमा पेश गरेका थिए। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम २१३ को उपनियम १ अनुसार लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदले बिदा स्वीकृत गराउनुपर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार सभामुखले बिदाका निवेदनहरू स्वीकृतिका लागि पेश गरेका थिए। बैठकले सबै सांसदको बिदा स्वीकृत गरेको सभामुखले घोषणा गरे।
सभामुखका अनुसार प्रचण्डले अस्पताल भर्ना भएकाले २४ वटा बैठकमा उपस्थित हुन नसकेको जनाउँदै बिदाका लागि निवेदन दिएका थिए। उनी वैशाख ३० देखि असार १३ सम्म चलेका २४ बैठकमा अनुपस्थित थिए।
प्रचण्ड गत जेठमा स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी अस्पताल भर्ना भएका थिए। उनलाई हल्का निमोनिया र रगतमा संक्रमण देखिएको बताइएको थियो। उपचारपछि उनी केही दिनमै अस्पतालबाट डिस्चार्ज भएका थिए।
प्रचण्डपछि सबैभन्दा धेरै बैठकमा अनुपस्थित हुने सांसद योगेश गौचन थकाली हुन्। उनले २० वटा बैठकमा अनुपस्थित भएको भन्दै बिदा स्वीकृत गराएका छन्।
अन्य सांसदको विवरण :
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित