सडक, सदन र निर्वाचनमा कम्युनिस्ट शक्तिसँग सहकार्य गर्ने प्रचण्डको भनाइ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्ने कम्युनिस्ट शक्तिहरूसँग सहकार्य र पार्टी एकता गर्दै अघि बढ्ने बताएका छन्।

नेकपा काभ्रे जिल्ला एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विचार मिल्ने शक्तिहरूसँग पार्टी एकता गरेर जाने निर्णय पार्टीले गरेको जानकारी दिए।

उनले भने, “केन्द्रीय कार्यसंयोजन समितिको बैठकको सर्वसम्मत निर्णय कार्यान्वयन गराउनकै लागि हामीले एमाले र नेकपा मसालसँग कार्यगत एकता सुरु गरेका छौँ। सातै प्रदेशमा आवश्यकताअनुसार सरकारमा सहभागी भएका छौँ।”

आगामी दिनमा सदन र सडकका गतिविधिमा सहकार्यलाई थप सुदृढ गर्दै लैजानुपर्नेमा उनले जोड दिए। “आउने दिनमा सडक आन्दोलन, सदनभित्रको बहस र छलफल तथा स्थानीय र प्रदेशसभा निर्वाचनमा पनि यो सहकार्यलाई सुदृढ गर्दै जानुपर्छ,” उनले भने।

आगामी महाधिवेशनले पार्टी संगठनलाई थप चुस्त बनाउने र युवाहरूको सहभागिता सुनिश्चित गर्ने प्रचण्डले बताए।

प्रतिक्रिया

ताजा समाचार