
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बूढानीलकण्ठस्थित निवासमा पुगेका छन्।
रास्वपा स्रोतका अनुसार गृहमन्त्री गुरुङ र सभापति लामिछानेबीच अहिले भेटवार्ता भइरहेको छ। चोलेन्द्रशमशेर राणाको पक्राउ प्रकरणमा गृहमन्त्रालय विवादमा परेपछि लामिछाने र गुरुङबीच पहिलोपटक भेटवार्ता भएको हो।
भेटवार्ताको मुख्य विषय राणाको पक्राउ प्रकरण नै हुन सक्ने स्रोतको आकलन छ।
राणालाई पक्राउ गर्ने क्रममा अपनाइएको प्रक्रियाप्रति सभापति लामिछाने असन्तुष्ट रहेको बताइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित