कांग्रेसको मञ्चमा प्रचण्ड–रवि देखिँदा ओली भने अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन्।

एमालेका तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुने तय भएको पोखरेलका स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिए।

दिउँसो २ बजेबाट सुरु हुने उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरूले समारोहलाई सम्बोधन गर्नेछन्। नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कार्यक्रममा सहभागी हुँदै छन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका अध्यक्षको तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल सहभागी हुने निश्चित भएको चालिसेले बताए।

प्रतिक्रिया

ताजा समाचार