
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले महिला महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सङ्ग्रौलाले महिला महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
सङ्ग्रौला नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन्। केही समयअघि उनी देउवा समूहका नेताहरूको नेतृत्व गर्दै संस्थापन पक्षमा आएकी थिइन्।
कांग्रेसको आज बसेको बैठकले महिलासहित महामन्त्रीको संख्या तीन जना पुर्याउने निर्णय गरेको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित