
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पदाधिकारी संख्या बढाउने भएको छ।
खुलामञ्चमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीको संख्या बढाउने प्रस्ताव निर्णयार्थ बन्दसत्रमा लैजाने निर्णय गरेको हो।
बैठकले वरिष्ठ उपसभापतिको पद सिर्जना गर्ने निर्णय गरेको छ। प्रस्तावअनुसार उपसभापति चार जना हुनेछन्, जसमा एक जना वरिष्ठ उपसभापति रहनेछन्। त्यस्तै, महामन्त्री तीन जना र सहमहामन्त्री १५ जना बनाउने प्रस्ताव गरिएको छ।
संशोधित विधानअनुसार कांग्रेसमा अब २१ जना पदाधिकारी रहनेछन्।
उपसभापति र महामन्त्री सबै निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ। महामन्त्री तीन जनामध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिनेछ। यसअघि कांग्रेसमा दुई जना महामन्त्री रहने व्यवस्था थियो।
त्यस्तै, सहमहामन्त्रीको संख्या ११ बाट बढाएर १५ पुर्याउने प्रस्ताव गरिएको छ। १५ सहमहामन्त्रीमध्ये दुई जना खुलाबाट निर्वाचित हुनेछन् भने बाँकी समावेशी समूहबाट निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ। समावेशी समूहका सहमहामन्त्रीमध्ये केही सभापतिले मनोनयन गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित