
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बन्दसत्रलाई हिमाल, पहाड र तराई–मधेस गरी तीन समूहमा विभाजन गरिएको छ।
बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, महामन्त्री प्रदीप पौडेलको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमाथि छलफल हुनेछ।
केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले यी प्रस्तावहरू बन्दसत्रमा पेश गर्ने निर्णय गरेको हो। विधान संशोधनको प्रारम्भिक खाकामा वडा, क्षेत्र र जिल्ला तहमा थप पद सिर्जना गर्ने प्रस्तावसमेत गरिएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार प्रस्तावहरू प्रतिनिधिहरूले पारित गरेपछि मात्रै अन्तिम रूप पाउनेछन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित