
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल पार्टीबाट बाहिरिएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन्।
खनाललाई हरिबोल गजुरेल, महेश्वर दाहाललगायतका नेताले साथ दिएका छन्।
खनालको नेतृत्वमा शनिबार भएको भेलाले समाजवादी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही भेलाबाट पारित निर्णय तथा अभियानका विषय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित