
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनको अन्तिम समयमा शर्मालाई लक्षित गर्दै कांग्रेसले वरिष्ठ उपसभापति पद सिर्जना गरेको थियो । यसअघि कांग्रेसमा वरिष्ठ उपसभापति पदको व्यवस्था थिएन ।
सभापति गगन थापासँगै महामन्त्रीमा निर्वाचित शर्मा विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए । त्यसपछि १५औँ महाधिवेशनमा उनलाई वरिष्ठ उपसभापतिको जिम्मेवारी दिइएको हो ।
मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समयसीमा तोकिएको थियो । उक्त समयसम्म वरिष्ठ उपसभापति पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित