
काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् । यसअघि विशेष महाधिवेशनबाट पनि उनी उपसभापति बनेकी थिइन् ।
पार्टीको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फ उपसभापति पदमा अन्तिम समयसम्म भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।
पूर्वउपसभामुखसमेत रहेकी भुसाल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि बनेकी हुन् । विशेष महाधिवेशनअघि उनी शेरबहादुर देउवानिकट नेताका रूपमा चिनिन्थिन् ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित