
काठमाडौं । वर्षाका कारण प्रभावित भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजको चौथो दिनको बन्द सत्र दिउँसो ४ बजेलाई सारिएको छ।
बिहान साढे १० बजे सुरु गर्ने भनिएको बन्द सत्र खाजा समयपछि साढे ११ बजे सुरु गर्ने तयारी गरिएको थियो। तर, अचानक हावाहुरीसहित ठूलो वर्षा भएपछि बन्द सत्र ४ बजेलाई सारिएको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेशराज आचार्यले जानकारी दिए।
बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ।
बन्द सत्रको प्रत्यक्ष प्रसारण नेपाली कांग्रेसको फेसबुक पेजबाट गरिनेछ। अन्य सञ्चारमाध्यमले समेत बन्द सत्रलाई प्रत्यक्ष प्रसारण गर्न पाउनेछन्।
महाधिवेशनअन्तर्गत भोलि बिहान मतदान हुने कार्यक्रम रहेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित