
काठमाडौं । सरकारले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी, वनसम्बन्धी र विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई लक्षित गर्दै विपद्सम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो। विशेषगरी विपद्का क्रममा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने विद्यमान कानुनी व्यवस्थालाई छोट्याउने गरी अध्यादेश तयार गरिएको उनले बताए।
मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट अध्यादेश जारी भएमा संशोधित कानुनी व्यवस्था कार्यान्वयनमा आउनेछ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित