कांग्रेस महाधिवेशन : आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान नहुने भएको छ।

बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक समय सार्दै दिउँसो साढे २ बजेसम्मका लागि तोकिएको थियो। तर, त्यस समयसम्म पनि मतदान सुरु हुन सकेन। त्यसपछि केन्द्रीय निर्वाचन समितिले थप समय सार्वजनिक गरेको छैन।

समयमै मतदान सुरु हुन नसकेपछि शुक्रबार बिहानका लागि नयाँ समय तय गरिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।

निर्वाचन समितिले मतदानका लागि आवश्यक निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएकाले निर्धारित समयमा मतदान सुरु गर्न नसकिएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार