
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। निर्वाचन समितिका अनुसार मतदान सुरु भएको दुई घण्टामा १ हजार २९३ मत खसेको छ।
बिहान ८:३० बजेदेखि सुरु भएको मतदानमा विभिन्न प्रदेशका महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्।
निर्वाचन समितिले दिएको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट २५७, लुम्बिनी प्रदेशबाट २०२, गण्डकी प्रदेशबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।
मतदान प्रक्रिया निर्बाध रूपमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमा सहभागी कुल ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्।
नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मताधिकार प्रयोग गरिरहेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित