
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे २ बजेसम्म ३ हजार ७५४ मत खसेको छ।
निर्वाचन समितिका अनुसार मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदानको समय दुई घण्टा थप गरिएको हो।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा १ हजार २०७ मतदातामध्ये ६१३ जनाले मतदान गरेका छन्। मधेश प्रदेशमा १ हजार २३४ मतदातामध्ये ५९० मत खसेको छ।
त्यस्तै, बागमती प्रदेशमा १ हजार ४९१ मतदातामध्ये ७३२ जनाले मतदान गरेका छन् भने गण्डकी प्रदेशमा ७८७ मतदातामध्ये ५०७ मत खसेको छ।
लुम्बिनी प्रदेशमा १ हजार ७९ मतदातामध्ये ५७९ जनाले मतदान गरेका छन्। सुदूरपश्चिम, कर्णाली तथा जनसम्पर्क समितितर्फ कुल २ हजार ४५७ मतमध्ये ७३३ मत खसेको विवरण छ।
नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा मतदाताको सहभागिता जारी छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित