

काठमाडौं। सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमुक्त गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले कार्कीलाई हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हो।
कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीमाथि कारबाही नभई जिम्मेवारी हेरफेर मात्रै गरिएको दाबी गरेका छन्। यद्यपि, उनले यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समेत निर्देशन आएको उल्लेख गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित