साँझ ५:४५ बजे नयाँ आईजीपी मनोज केसीलाई फुली लगाइने, आजै पदबहालीको तयारी

काठमाडौं। गृह मन्त्रालयले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई आज साँझ ५:४५ बजे दज्र्यानी चिह्न (फुली) लगाउने कार्यक्रम तय गरेको छ।

मन्त्रालय स्रोतका अनुसार डा. केसीले बिहीबार बिहान फुली लगाइदिन आग्रह गरेका थिए। तर, गृहमन्त्री सुधन गुरुङको आग्रहपछि उनी आजै फुली लगाएर पदबहाली गर्न तयार भएका हुन्।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार फुली लगाएपछि केसीलाई प्रहरी प्रधान कार्यालय लैजान औपचारिक समारोहमा प्रयोग गरिने कालो गाडी गृह मन्त्रालय पठाइएको छ।

नवनियुक्त आईजीपीको स्वागतका लागि प्रहरी प्रधान कार्यालयमा आवश्यक तयारीसमेत सुरु गरिएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार