

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूले अह्राएको काम गराउन प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरेको टिप्पणी गरेका छन्।
पार्टी मुख्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले यस्तो बताएका हुन्।
सरकारले आज आईजीपी दानबहादुर कार्कीलाई हटाएर डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेको थियो।
केसीको नियुक्तिबारे प्रतिक्रिया दिँदै ओलीले भने, ‘उहाँहरूले अह्राएको गर्छ भनेर बनाएको होला।’
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित