इरानको बुशेहरस्थित परमाणु ऊर्जा केन्द्रमा क्षति नभएको आईएईएको पुष्टि, संयमता अपनाउन अपील

काठमाडौँ । संयुक्त राष्ट्रसंघअन्तर्गतको परमाणु ऊर्जा निगरानी संस्था आईएईएले इरानको बुशेहरस्थित परमाणु ऊर्जा केन्द्रमा मंगलबार बेलुकी एक घटना भएको जानकारी दिएको छ। यद्यपि उक्त घटनाबाट संयन्त्रमा कुनै क्षति नभएको र कर्मचारीहरू पनि सुरक्षित रहेको जनाएको छ।

आईएईएका महानिर्देशक रफाएल ग्रोसीले जारी गरेको वक्तव्यमा वर्तमान तनावपूर्ण अवस्थाबीच सबै पक्षलाई उच्चतम संयमता अपनाउन आग्रह गरिएको छ। उनले कुनै पनि प्रकारको परमाणु दुर्घटनाले गम्भीर मानवीय क्षति र दीर्घकालीन वातावरणीय संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

बुशेहर परमाणु ऊर्जा केन्द्र इरानको एकमात्र सञ्चालनमा रहेको रिएक्टर हो, जसलाई सन् २०११ मा राष्ट्रिय विद्युत् सञ्जालमा जोडिएको थियो।

इरानको परमाणु कार्यक्रमलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ। अमेरिकाले सन् २०१८ देखि इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ भने इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण र ऊर्जा उत्पादनका लागि मात्र भएको दाबी गर्दै आएको छ। तर अमेरिका र इजरायलले उक्त दाबीप्रति अविश्वास जनाउँदै आएका छन्।

हालको तनावले अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वलाई थप जटिल बनाएको छ, जसको प्रभाव मध्यपूर्वका खाडी मुलुकहरूमा समेत देखिन थालेको छ। इरानले रणनीतिक रूपमा महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज बन्द गरेपछि विश्वव्यापी इन्धन आपूर्तिमा समेत असर परेको छ।

विश्लेषकहरूले चेतावनी दिएका छन् कि यदि अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व अझै चर्कियो भने यसले क्षेत्रीय मात्र नभई विश्वव्यापी सुरक्षामा समेत गम्भीर असर

प्रतिक्रिया

ताजा समाचार