रेड सीबाट अमेरिकी युद्धपोत ‘जेराल्ड फोर्ड’ फिर्ता गर्ने तयारी

काठमाडौँ । अमेरिकाले रेड सी क्षेत्रमा तैनाथ आफ्नो अत्याधुनिक विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर. फोर्ड लाई फिर्ता गर्ने तयारी गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उक्त युद्धपोतलाई नजिकैको बन्दरगाहतर्फ लैजाने योजना बनाइएको हो।

इरानसँगको तनावपूर्ण अवस्थाबीच महत्वपूर्ण भूमिका खेलेको यो युद्धपोतमा केही समयअघि आगलागी भएको थियो। इरानी सञ्चारमाध्यमहरूले मिसाइल हमलाबाट आगलागी भएको दाबी गरे पनि अमेरिकी अधिकारीहरूले भने प्राविधिक कारणले घटना भएको बताएका छन्।

आगलागी जहाजको लन्ड्री क्षेत्रमा फैलिएको थियो र नियन्त्रणमा लिन घन्टौँ लागेको जनाइएको छ। घटनामा करिब २०० भन्दा बढी नौसैनिकहरू धुवाँका कारण प्रभावित भएका थिए भने १०० भन्दा बढी बेडहरू क्षतिग्रस्त भएका थिए। एक जना नौसैनिकलाई घाइते अवस्थामा हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको थियो।

यद्यपि, युद्धपोतको मुख्य इन्जिन सुरक्षित रहेको बताइएको छ। लामो समयदेखि समुद्रमा निरन्तर तैनाथ रहँदा आवश्यक मर्मतसम्भार ढिलाइ भएकाले अहिले जाँच तथा विश्रामका लागि फिर्ता गर्न लागिएको हो। यसअघि पनि पाइपलाइन र सरसफाइ प्रणालीमा समस्या देखिएको बताइएको छ।

अमेरिकी नौसेनाको सबैभन्दा नयाँ र अत्याधुनिक युद्धपोत मानिने ‘जेराल्ड फोर्ड’ गत जुनदेखि निरन्तर समुद्रमै तैनाथ थियो। रोयटर्सका अनुसार यसलाई ग्रीसको क्रेते टापुस्थित सौदा बे बन्दरगाहमा लैजाने तयारी भइरहेको छ।

यो युद्धपोतमा करिब ५,००० भन्दा बढी नौसैनिक र ७५ भन्दा बढी लडाकू विमानहरू रहेका छन्। उन्नत रडार प्रणाली, मिसाइल निगरानी र हवाई अपरेसन क्षमताका कारण यसले विभिन्न सैन्य अभियानहरूमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

सैन्य विश्लेषकहरूका अनुसार लामो समयसम्म

प्रतिक्रिया

ताजा समाचार