
काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावका बीच युद्ध अन्त्यका लागि ६ बुँदे शर्त सार्वजनिक गरेको छ। एक वरिष्ठ इरानी अधिकारीले लेबनानी सञ्चारमाध्यम Al Mayadeen सँगको कुराकानीमा उक्त जानकारी दिएका हुन्।
ती अधिकारीका अनुसार इरानले अमेरिका र इजरायलविरुद्ध पूर्वनियोजित रणनीतिअनुसार सावधानीपूर्वक कदम चालिरहेको छ। उनले इरानले शत्रुका धेरै सैन्य प्रणालीहरूमा क्षति पुर्याएको दाबी गर्दै इजरायली आकाश क्षेत्रमा आफ्नो प्रभाव बढ्दै गएको पनि बताएका छन्।
इरानले आफ्ना विरोधीहरूलाई “पाठ नसिकाएसम्म” कारबाही जारी रहने स्पष्ट पार्दै युद्ध अन्त्यका लागि निम्न ६ शर्त अघि सारेको जनाएको छ:
इरानी अधिकारीहरूले यी शर्तहरू पूरा नभएसम्म आफ्नो रणनीतिक कारबाही जारी रहने चेतावनी दिएका छन्। यसले मध्यपूर्व क्षेत्रमा तनाव अझ बढ्ने संकेत देखिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित