मन्त्रिपरिषद्को ‘प्रतिशोधपूर्ण निर्णय’ फिर्ता गर्न एमाले महासचिवको माग

काठमाडौं । गौरी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णयलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण भन्दै नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका छन्।

यसैबीच एमाले महासचिव शंकर पोखरेलले बालेन्द्र शाह नेतृत्वको सरकारको उक्त निर्णय फिर्ता गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् पोखरेलले लेखेका छन्, “कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर ! मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर !”

यसअघि एमाले सचिव महेश बस्नेतले पनि मन्त्रिपरिषद्को निर्णय अस्वीकार गर्दै प्रतिवेदन कार्यान्वयनका नाममा सरकारले धरपकड तथा राजनीतिक प्रतिशोध लिन खोजे देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम हुने टिप्पणी गरेका थिए।

नवनियुक्त शाह सरकारले सुरक्षा संयन्त्रसम्बन्धी कारबाही सिफारिसका विषयमा अध्ययन समिति गठन गर्ने तथा अन्य विषयहरूमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

ताजा समाचार