ओलीलाई तत्काल रिहा गर्न शंकर पोखरेलको माग

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन–आन्दोलनमा दमन गरेको आरोपमा कार्की आयोगको सिफारिसमा पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन्।

केही बेरअघि सामाजिक सञ्जालमार्फत पक्राउको विरोध गर्दै उनले सरकारको उक्त कदम पूर्वाग्रहपूर्ण र प्रतिशोधबाट प्रेरित रहेको टिप्पणी गरेका छन्। साथै, उनले यसको मूल्य निकै महँगो पर्ने चेतावनीसमेत दिएका छन्।

‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर !’ पोखरेलले फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया

ताजा समाचार