प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो, राजनीतिक र कानुनी लडाइँ लड्छु : रमेश लेखक

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक ले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढंगले पक्राउ गरिएको आरोप लगाउँदै यसको राजनीतिक तथा कानुनी लडाइँ लड्ने बताएका छन्।

शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि उनले भने, “मलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधका आधारमा पक्राउ गरिएको छ। यसको राजनीतिक र कानुनी लडाइँ लड्न म तयार छु।”
उनले थपे, “क्याबिनेटबाट निर्णय गरेर पक्राउ गरिएको भन्ने कुरा आएको छ, यस्तो कुरा संसारमा कहिल्यै हुँदैन।”

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन सम्बन्धमा छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोग ले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री लेखक तथा केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरू विरुद्ध फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार