
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ।
प्रहरी स्रोतका अनुसार स्वास्थ्य परीक्षणपछि ओलीलाई २ नम्बर गणमा लगिनेछ भने लेखकलाई भने यसअघि नै त्यहाँ पुर्याइसकिएको छ।
एमाले अध्यक्ष ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुबाट पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा केही समय राखिएको थियो। त्यसपछि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।
स्वास्थ्य परीक्षणपछि उनलाई महाराजगञ्जस्थित २ नम्बर गणमा राखिनेछ।
यसैगरी, पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता लेखकलाई शनिबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित निवासबाट पक्राउ गरिएको थियो।
जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोग को सिफारिस कार्यान्वयनका क्रममा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आज शनिबार परेकाले ओली र लेखकलाई आइतबार मात्रै अदालतमा पेश गरिने पनि प्रहरीले जानकारी दिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित