
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई त्रिवि शिक्षण अस्पताल मा भर्ना गरिएको छ।
दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका ओलीमा ‘मल्टिपल हेल्थ इश्यु’ का कारण जोखिम हुन सक्ने देखिएकाले अस्पतालको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो।
यसअघि पनि मिर्गौला प्रत्यारोपणपछि ओलीलाई सोही बेडमा राखेर उपचार गरिएको थियो।
अस्पताल स्रोतका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षणमा ‘चेस्ट पेन’ र ‘पाल्पिटेशन’ देखिएको छ। हाल उनलाई इसीजी मोनिटरमा राखेर मुटुको चालको निरन्तर अनुगमन भइरहेको छ।
मिर्गौला रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरूको टोलीले समेत ओलीको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको अस्पतालले जनाएको छ।
यसअघि शनिबार परेकाले उनलाई अदालतमा म्याद थपका लागि आइतबार मात्र पेश गर्ने र त्यसअघि महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राख्ने तयारी गरिएको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित