अध्यक्ष ओली पक्राउविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली लाई तत्काल रिहा गर्न माग गरेको छ।

शनिबार बसेको सचिवालय बैठकले ओलीको पक्राउविरुद्ध कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको पार्टी सचिव महेश बस्नेतले जानकारी दिए।

बैठकले आम जनसमुदाय र नागरिक समाजसँग सहकार्य गर्दै आन्दोलन अघि बढाउने निर्णय पनि गरेको छ।

निर्णयअनुसार आज अपराह्न ३ बजे प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिनेछ। त्यस्तै, भोलि (चैत्र १५ गते) दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाइनेछ।

यसैगरी, लोकतन्त्र र कानुनी राज्यका पक्षधर अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने तथा नागरिक समाजसँग मिलेर आन्दोलन सशक्त बनाउने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया

ताजा समाचार