
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जनसंगठनहरूले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध आज (शनिबार) काठमाडौंको माइतीघर मण्डला मा प्रदर्शन गर्ने भएका छन्।
पार्टी सचिव महेश बस्नेत ले दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिने जानकारी दिएका छन्।
उनले भने, “लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिन सबैलाई सहभागिताका लागि हार्दिक आह्वान गर्दछु।”
जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको हो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएपछि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो, जहाँ उनलाई भर्ना गरिएको छ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता, एसपी पवनकुमार भट्टराई का अनुसार चिकित्सकको सल्लाहअनुसार निगरानीमा राख्नुपर्ने भएकाले ओलीलाई अस्पतालमै भर्ना गरिएको हो।
ओली पक्राउ परेलगत्तै शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले यसविरुद्ध कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित