एमाले प्रदर्शनकारीद्वारा प्रहरी ब्यारिकेड तोडियो, माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को रिहाइको माग गर्दै आन्दोलन सुरु गरेको छ।

यसैक्रममा शनिबार काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा जनसंगठनका नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोडेर नयाँ बानेश्वर तर्फ अघि बढेका छन्। सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।

प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीलाई बाक्लो संख्यामा परिचालन गरिएको छ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ विरुद्ध नाराबाजी गर्दै प्रहरीको घेरा तोड्दै आक्रोशित रूपमा अघि बढेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार