एमाले प्रदर्शनमा प्रहरी हस्तक्षेप, अदालतअगाडि लाठीचार्ज र झडप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जनसंगठनहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। माइतीघर मण्डला मा प्रहरी घेरा तोडेर अघि बढेका प्रदर्शनकारीसँग काठमाडौं जिल्ला अदालत अगाडि झडप भएको हो।

हाल माइतीघर–बबरमहल क्षेत्र तनावग्रस्त बनेको छ।

अदालत अगाडि प्रदर्शनकारीहरूले टायर बाल्ने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको जनाइएको छ।

यसअघि माइतीघरस्थित प्रहरी ब्यारिकेड तोडेर प्रदर्शनकारी नयाँ बानेश्वर तर्फ अघि बढेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीलाई बाक्लो संख्यामा परिचालन गरिएको छ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ विरुद्ध नाराबाजी गर्दै आक्रोशित रूपमा प्रदर्शन जारी राखेका छन्।

प्रतिक्रिया

ताजा समाचार