एमाले प्रदर्शनकारीद्वारा सवारीसाधनमा तोडफोड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रदर्शनकारीहरूले सवारीसाधनमा तोडफोड गरेका छन्।

माइतीघर मण्डला क्षेत्रमा जारी प्रदर्शनका क्रममा सडकमा गुडिरहेका निजी सवारीसाधनमाथि तोडफोड गरिएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा एमालेका नेता–कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका थिए। सोही क्रममा प्रदर्शन उग्र बन्दै जाँदा सवारीसाधनमाथि तोडफोड भएको जनाइएको छ।

हाल माइतीघर क्षेत्रको अवस्था तनावग्रस्त रहेको छ।

प्रतिक्रिया

ताजा समाचार