काठमाडौं तनावग्रस्त : सिंहदरबार वरपर ‘हाइ अलर्ट’ घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि माइतीघर मण्डला–नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरेको छ।

प्रदर्शन जारी रहँदा सिंहदरबार आसपास क्षेत्रमा ‘हाइ अलर्ट’ जारी गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमन भएको आरोपसँग सम्बन्धित घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि एमालेले विरोध प्रदर्शन सुरु गरेको हो।

प्रतिक्रिया

ताजा समाचार