ओली–लेखक पक्राउबारे धारणा बनाउन कांग्रेस नेताहरू छलफलमा

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ गरिएको विषयमा नेपाली कांग्रेस का प्रमुख नेताहरू छलफलमा जुटेका छन्। पार्टी केन्द्रीय कार्यालयमा छलफल सुरु भएको हो।

बालेन्द्र शाह नेतृत्वको सरकारले गौरीबहादुर कार्की आयोग को प्रतिवेदनका आधारमा शनिबार ओली र लेखकलाई पक्राउ गरेको हो।

पक्राउको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) सडक आन्दोलनमा उत्रिसकेको भए पनि कांग्रेसले हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। छलफलपछि पार्टीको धारणा सार्वजनिक गरिने एक पदाधिकारीले बताएका छन्।

पूर्व गृहमन्त्री लेखक कांग्रेसभित्र शेरबहादुर देउवा निकट मानिन्छन्। उनी हाल पार्टीको कार्यसमितिमा भने छैनन्।

छलफलमा सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे, तथा सहमहामन्त्री उदयशम्शेर राणा लगायतका नेताहरू सहभागी छन्।

शनिबार कांग्रेस सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि उक्त बैठक बसेको हो।

प्रतिक्रिया

ताजा समाचार