महेश बस्नेतको चेतावनी : सरकारको दिनगन्ती सुरु, आन्दोलन थप कडा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत ले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ लाई पूर्वाग्रह र प्रतिशोधको राजनीति महँगो पर्ने चेतावनी दिएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली को अविलम्ब रिहाइको माग गर्दै उनले वर्तमान सरकारको “गलत निर्णय” का कारण दुईतिहाइ बहुमतको सरकारको दिनगन्ती सुरु भइसकेको दाबी गरेका छन्।

बस्नेतले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाउँदै सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। साथै, तोडफोड भएका सवारीसाधनको क्षतिपूर्ति र घटनामा घाइते भएकाहरूको उपचार सुनिश्चित गर्न माग गरेका छन्।

उनले आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न पनि आग्रह गरेका छन्।

यही अवस्था कायम रहेमा भोलि दिउँसो १२ बजे देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्ने उनले चेतावनी दिएका छन्।

यसैगरी, माइतीघर मण्डला मा जनसंगठनहरूको आन्दोलन भोलि पनि निरन्तर रहने जानकारी उनले दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार