माइतीघरमा पुनः जम्मा भए एमाले प्रदर्शनकारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरू माइतीघर मण्डला मा पुनः जम्मा भएका छन्।

दिउँसो ३ बजेदेखि माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गर्दै आएका उनीहरू नयाँ बानेश्वर तर्फ अघि बढ्ने प्रयास गरेका थिए। तर, प्रहरीले उनीहरूलाई रोकेको थियो।

त्यसपछि प्रदर्शनकारीहरू पुनः माइतीघर क्षेत्रमा फर्केर जम्मा भएका हुन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन भएको आरोपसँग सम्बन्धित घटनामा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि एमालेले विरोध प्रदर्शन सुरु गरेको हो।

प्रतिक्रिया

ताजा समाचार