
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका ७ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं ले सिंहदरबारको दक्षिण गेटबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका सबैलाई हाल परिसरको हिरासतमा राखिएको छ। परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्।
यसअघि प्रदर्शनकारीहरू माइतीघर मण्डला मा भेला भई कोणसभा गरेका थिए।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन भएको आरोपसँग सम्बन्धित घटनामा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि एमालेले विरोध प्रदर्शन सुरु गरेको हो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित