कांग्रेसको चेतावनी : सरकार संयमित नभए देश द्वन्द्वतर्फ जान सक्छ

काठमाडौं । नेपाली कांग्रेसले सरकार संयमित नभए देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जानसक्ने चिन्ता व्यक्त गरेको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउपछि पार्टी प्रवक्ता देवराज चालिसेले शनिबार पाँच बुँदे धारणा सार्वजनिक गर्दै सरकारलाई उत्तेजनामा नआउन आग्रह गरेका हुन्।

वक्तव्यमा भदौ २३ र २४ का घटनाबारे निष्पक्ष, पारदर्शी र विधिसम्मत रूपमा अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि बढाउनुपर्नेमा कांग्रेस स्पष्ट रहेको उल्लेख गरिएको छ।

साथै, दुवै दिनका घटनामा संलग्न जोसुकै भए पनि कानुनी कारबाही हुनुपर्ने र त्यसमा पार्टीको सहयोग रहने जनाइएको छ। तर कारबाही आवेग वा उत्तेजनामा नभई विधिसम्मत प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिइएको छ।

कांग्रेसले हतारमा गरिएका निर्णयले कानूनको शासन कमजोर बनाउन सक्ने र देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिएको छ। त्यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार