सरकारले कानूनी प्रक्रिया र निष्पक्षता उल्लङ्घन नगर्नोस् : नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका तर्फबाट गणेशमान पुनले जारी गरेको विज्ञप्तिमा सरकारलाई द्वन्द्व निम्त्याउने कुनै पनि कदम नचाल्न आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लङ्घन नगरोस् र राजनीतिक पूर्वाग्रह वा द्वन्द्व सिर्जना हुने कार्य नगरोस्।”

सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट गत भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। यस निर्णयपछि शनिबार बिहान तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए।

त्यसैबीच, नेकपाले विज्ञप्तिमार्फत गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टी का नेता बालेन्द्र शाह प्रधानमन्त्री भएका विषयमा बधाई तथा शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार