गृहमन्त्री गुरुङले आइजिपीहरूलाई गृह मन्त्रालयमा बोलाए

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ ले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीहरूलाई गृह मन्त्रालयमा बोलाएका छन्। प्रहरी स्रोतका अनुसार केही बेरअघि दुवै आइजिपी मन्त्रालयमा पुगेका थिए।

हिजो रातिसम्म पनि गृहमन्त्री गुरुङले प्रहरी आइजिपीसँग छलफल गरेका थिए। सो छलफलका क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई आज बिहान पक्राउ गर्ने रणनीति तय भएको थियो।

छलफलमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी कार्य विभागका एआईजी उमाप्रसाद चतुरवेदी, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरी कार्य विभाग प्रमुख गणेश ठाडा मगर सहभागी छन्।

आज साँझ सुरु भएको छलफलमा के कुराहरू भइरहेको छ भन्ने विषय खुल्न सकेको छैन। तर ओली र लेखक पक्राउ पछिको अवस्था र सम्भावित थप पक्राउको रणनीति छलफल भइरहेको अनुमान गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार