
काठमाडौं । जेनजी पुस्ताको आन्दोलन दमनमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।
शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आज अदालतमा पेश गरिएको हो। यसैबीच पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजै अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्दा देशभर ठूलो जनधनको क्षति भएको थियो। उक्त घटनामा तीन जना प्रहरीसहित ७६ जनाको ज्यान गएको तथा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए।
प्रदर्शनका क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, विभिन्न व्यापारिक प्रतिष्ठान तथा निजी निवासहरूमा आगजनी, तोडफोड तथा लुटपाट भएको बताइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित