रिहाइको मागसहित ओली–लेखकका लागि बन्दी प्रत्यक्षीकरण रिट पेश हुँदै

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश गर्ने तयारी गरिएको छ।

गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै दुवै पक्षले छुट्टाछुट्टै तर एकै समयमा निवेदन दर्ता गर्ने तयारी गरेका छन्।

ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले निवेदन दिने तयारी गरिएको छ भने एमालेनिकट कानुन व्यवसायीहरूले बहस गर्नेछन्। आज निवेदन दर्ता भएमा भोलि सुनुवाइ हुने सम्भावना रहेको छ।

जेनजी आन्दोलन दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखकलाई चैत १४ गते पक्राउ गरिएको थियो।

एमालेले ओली र लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ र पूर्वाग्रही भन्दै राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

यसैबीच, सरकारका प्रवक्ता सस्मित पोखरेलले कसैसँग पनि प्रतिशोध नराखिएको बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार