
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि दायर मुद्दामा आज पनि सुनुवाइ भइरहेको छ।
सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर गरिएको उक्त मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। आज सर्वोच्च अदालतले यसमा फैसला गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ।
सर्वोच्च अदालत स्रोतका अनुसार दुवै पक्षको बहस सम्पन्न भइसकेकाले मुद्दा थप लम्ब्याउने कारण नभएकाले आजै कुनै न कुनै निर्णय आउने अपेक्षा गरिएको छ।
उक्त मुद्दा न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भइरहेको छ।
अधिवक्ताहरू दिनेश त्रिपाठी, आभास रेग्मी र युवराज पौडेललगायतले अभियोग संशोधन प्रचलित कानुनविपरीत रहेको दाबी गर्दै रिट दायर गरेका थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित