ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न  सरकारी वकिलको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले अदालतसँग माग गरेका छन्।

प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा निवेदन दर्ता गरेको छ। उक्त निवेदनमाथि जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा बहस भइरहेको छ।

ओली र लेखक पक्षका कानुन व्यवसायीहरूले भने उनीहरूलाई थुनामा राख्न आवश्यक नरहेको दाबी गर्दै जवाफी बहस गरिरहेका छन्।

जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित आयोगले ओली र लेखकमाथि फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरी शनिबार बिहान दुवै जनालाई पक्राउ गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार