माइतीघरमा झडप : एमाले समर्थक र महिलाबीच कपाल लुछालुछ

काठमाडौं । माइतीघर मण्डलामा अनसनरत जमुना खत्री र नेकपा (एमाले) समर्थक नेता–कार्यकर्ताबीच झडप भएको छ।

एमाले कर्णाली प्रदेशसभा सदस्य कर्ण मल्लमाथि बलात्कारको आरोप लगाउँदै अनसनमा बसेकी खत्रीको समर्थनमा आएका महिलाहरू मिडियामा अन्तरवार्ता दिइरहेका बेला एमाले समर्थित केही महिलाहरूले होहल्ला गरेका थिए।

त्यसपछि दुवै पक्षबीच विवाद चर्किँदै गालीगलौज हुँदै कपाल लुछालुछसम्म पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

नजिकै खटिएको प्रहरीले हस्तक्षेप गरी दुवै पक्षलाई छुटाएपछि अवस्था हाल सामान्य बनेको छ।

उक्त क्षेत्रमा एमालेका भ्रातृ संगठनहरूले अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध विरोध कार्यक्रम आयोजना गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार