
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्।
आइतबार सम्पन्न संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा उक्त जिम्मेवारी दिएको हो।
दलले उपनेता भने केही समयपछि चयन गर्ने निर्णय गरेको जनाएको छ।
यसअघि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत नेकपाका १७ जना सांसद संसद्मा निर्वाचित भएका थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित