
काठमाडौं । प्रदर्शनरत नेकपा (एमाले)का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
माइतीघरबाट बानेश्वरतर्फ अघि बढिरहेका कार्यकर्ता र प्रहरीबीच विवाद चर्किँदा झडप भएको हो।
आन्दोलनकारीहरूले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो।
घटनामा केही व्यक्ति घाइते भएका छन्। एक जनाको टाउकोमा चोट लागेको जानकारी प्राप्त भएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित