
काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन्। उक्त रिट हाल दर्ता प्रक्रियामा रहेको जनाइएको छ।
प्रहरीले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगै लेखकलाई शनिबार पक्राउ गरेको थियो। ‘जेनजी आन्दोलन’ दमन गरेको आरोपमा चैत १४ गते उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
यसअघि नै ओलीको रिहाइको माग गर्दै पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भइसकेको छ। पछिल्लो घटनाक्रमसँगै दुवै नेताको पक्राउबारे कानुनी बहस तीव्र हुने देखिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित