ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ हुने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतबाट मुक्त गरिनुपर्ने मागसहित दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलि सोमबार सर्वोच्च अदालतमा बहस हुने भएको छ।

उक्त रिट पत्नी राधिका शाक्यका तर्फबाट दायर गरिएको हो। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले रिट दर्ता प्रक्रियामा रहेको जानकारी दिएका छन्।

रिटमा जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा ओलीलाई पक्राउ गरी थुनामा राख्नु गैरकानुनी भएको दाबी गरिएको छ। साथै, कुनै पनि जाँचबुझ वा छानबिन निकायको सिफारिस मात्रका आधारमा व्यक्तिलाई सिधै पक्राउ गर्नु कानुनसम्मत नहुने जिकिर गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार